तनहुँ । आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाइ भन्ने त नेपाली भनाइ नै छ । यो भनाइ तनहुँ व्यास नगरपालिका–१० कुमालटारीका बोटे जातिसित मेल खाएको छ । यतिबेला दशैँ मान्दा लागेको ऋण तिर्न उनीहरू नदी किनारमा सुन खोज्न हिँडेका छन् ।

सो ठाउँका ४५ घरपरिवार बोटेमध्ये अधिकांश मस्र्याङ्दी, बूढीगण्डकी, त्रिशूली, कालीगण्डकीतर्फ सुन खोज्न हिँडेका छन् । घरका बाजे, बजै र दिदीबहिनीलाई बालबच्चा जिम्मा लगाएर उनीहरू नदीमा सुन खोज्न जाने गर्दछन् । स्थानीय मेषबहादुर बोटेले दशैँ मान्दा लागेको ऋण तिर्न बालुवामा सुन खोज्ने काम गर्ने जानकारी दिनुभयो । बोटेहरू ओड्ने, ओछ्याउने, पकाउने भाँडाकुँडा बोकेर नदी किनारमा पुग्ने गर्छन् ।  २०/२५ हजार रुपियाँ ऋण लागेको छ  सुन खोजेर ल्याई ऋण चुक्ता गर्ने सोचमा छु उहाँले भन्नुभयो ।

नदीमा धेरै बाढी आएकाले यसपालि सुन पाइने आशा लिइएको वीरबहादुर बोटे बताउनुहुन्छ । उहाँका अनुसार बाढी ठूलो आउँदा सुन खानीमा बढी ठक्कर दिने हुँदा बालुवामा सुनको मात्रा बढी हुने गर्छ । बर्सेनि बोटे समुदाय सुनचाँदी पसलेहरू कहाँबाट रकम ल्याई दशैँ मान्ने र सुन खोजेर ल्याई त्यही बिक्री गर्ने गर्दछन् । अाजकाे गाेरखापत्रमा दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia