सुनसरीको इनरुवामा १९ गते साँझ काग तिहारको दिन आदर्श साँझ २०७५ आयोजना हुने भएको छ ।
इनरुवा १ आदर्श टोलमा हुन लागेको सांस्कृतिक कार्यक्रम तेस्रो आदर्श साँझलाई यूथ फर नेपालले आयोजना गर्न लागेको हो ।
कार्यक्रम संयोजक दिपेश ढकालका अनुसार कार्यक्रममा बी एठ सहित दिल्ली फुम्बो एण्ड बेमोक्स बैण्डसहित हिना मल्लबराइली सहित स्थानीय बैण्ड र कलाकारको प्रस्तुती रहने छ ।
सोनालिका मूख्य प्रायोजक रहेको सांगितिक कार्यक्रमको खर्च व्यवस्थापनकालागि इनरुवा नगरपालिका सहित स्थानीय निकायसँग सहयोग जुटाउने प्रयास भैरहेको कार्यक्रम संयोजक ढकालले जानकारी दिए । कार्यक्रमलाई इनरुवाका स्थानीय व्यापारी तथा व्यवसायीहरुको समेत साथ र सहयोग रहेको आयोजकले जनाएको छ ।









