काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।
उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएतापनि आधा घण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।








