नयाँदिल्ली । भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाविरुद्ध उजुरी गरेकी छन् । बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै उनले उजुरी गरेकी हुन् ।हानिफा जारा नाम गरेकी ती बालिकाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको र शौचालय बनाउने वाचा बाबुले पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय नागरिक अझै पनि खुल्ला ठाउँमा शौच गर्छन् ।

कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ । दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमा कहिल्यै शौचालय भएन ।बीबीसी तमिलकी कृतिका कन्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन् । हनिफाले नर्सरीमा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन् ।उनले भनिन्, ‘बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो ।’ शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताएका छन् । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia