मोरङ । सोमबार बिहानदेखि देशभर जाडो बढेको छ । काठमाडौं उपत्यकामा समेत जाडो ह्वात्तै बढेको छ । सोमबार विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो । मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसैको आंशिक प्रभावका कारणले नेपालमा सोमबार र मंगलबार देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद प्रधानांगले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । साथै पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई एक दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ । यता तराई क्षेत्रमा समेत बिहानैदेखि चिसो बढेको छ । बिहानदेखि घाम देखापरेको छैन भने चिसो धेरै बढेको छ । तराई क्षेत्रका केही जिल्लामा हुस्सु समेत लागेको छ । अन्य दिनको तुलनामा चिसो हवात्तै बढेको स्थानीय बताउँछन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध सुनसरीमा शान्तिपूर्ण धर्ना
इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्याल...
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...








