काठमाडौं । गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्ड आयोजनामा कार्यरत पाँच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए ।

अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित हुनेमा ताओ याङ जाइयो जाँ, याङ, जुनुहुई, सिमिङ छाओ र सुएजुङ ली रहेका छन् । आजकाे अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia