काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका– ४ स्थित खुम्जुङ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु गत १८ साउनमा गोक्यो हिमताल क्षेत्रमा शैक्षिक भ्रमणमा गएका थिए । उच्च हिमाली क्षेत्र र गोक्यो हिमतालका कारण त्यहाँ विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लैजाने विषयमा शिक्षकहरु समेत एकमत थिएनन् । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयविपरीत दुई शिक्षकको लहडमा विद्यार्थीहरुलाई सो क्षेत्रमा लगियो । तर, भोलिपल्ट १९ साउनमा त्यहाँ जे घटना भयो, त्यसले राष्ट्रिय चर्चा परिचर्चा पायो । शैक्षिक भ्रमणमा गएका विद्यार्थी र शिक्षकमध्ये तीन जना विद्यार्थी सो हिमतालमा डुबेका थिए ।सामुद्रिक सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको सो हिमतालमा डुबेका ती तीन जना विद्यार्थीको खोजीका लागि स्थानीय वासिन्दा, प्रहरी र सेनाले धेरै नै प्रयास गरे । तर सम्भव भएन । ४८ मिटर गहिराई र अत्यन्तै चिसो पानीका कारण खोजी कार्य धेरै नै जटिल बन्दै गएको थियो ।

तीन दिन बित्दासमेत विद्यार्थीको खोजीमा सफलता मिल्न नसकेपछि सशस्त्र प्रहरी बल विपद व्यवस्थान तालिम शिक्षालय कुरिनटारबाट दुई जना गोताखोरसहित पाँच जनाको टोलीलाई हेलिकोप्टरबाट त्यसतर्फ लगियो प्रतिकुल मौसमका कारण हेलिकोप्टर हिमताल क्षेत्रमा अवतरण गर्न नसकेपछि तीन घन्टा पैदल हिँडेर उनीहरु घटनास्थल पुगे । सशस्त्रको टोली जुन ‘टास्क’ बोकेर घटनास्थल पुगेको थियो, हाई एल्टिच्युडका कारण उनीहरु आफै समस्यामा परे । नयाँ ठाउँ, नयाँ परिवेश, अत्यन्तै चिसो मौसमका कारण उद्धारमा खटिएका सशस्त्र टोली नै अक्सिजन लिएर बस्नु पर्ने अवस्था आयो । उद्धारका लागि खटिएका उनीहरुलाई नै ‘उद्धार’ गर्नुपर्ने अवस्था देखियो ।

अवस्था जटिल हुँदाहुँदै पनि सशस्त्रका गोताखोर सहायक हवल्दार शिरबहादुर थापा र ओमबहादुर सलामीले हरेस खाएनन् । उनीहरु आवश्यक सामग्रीसहित हिमतालमा पसे । करिब ५ मिनेटको अन्तरमा गोताखोर टोलीले करिब २५ फिट गहिराईबाट पेम्बा नोर्बुको शव निकाल्यो । पेम्बाको शव निकाल्न सफलता पाएपछि हौसिएका उनीहरुले अन्य दुई विद्यार्थीको शव खोज्न पनि धेरै प्रयास गरे । ज्यानको बाजी थापेर शव निकाल्न आवश्यक सबै मेथोड प्रयोग गरे । तर प्रतिकुल मौसमका कारण सम्भव भएन ।

‘पानी यस्तो चिसो थियो कि, ५, ७ मिनेट भन्दा बढी बस्नै नसकिने,’ सहायक हवल्दार थापा भन्छन्, ‘हामी आगो तापेर, तेल घसेर शरीरलाई तातो बनाएर पुनः तालभित्र छिथ्र्यौं ।’

मौसम अनुकुल भएको भए तीनै जनाको शव निकाल्न सकिनेमा उनी ढुक्क थिए । तर, बेला बेलामा पानी पर्ने, हावा चल्ने भएकाले समस्या आएको उनी बताउँछन् ।
सशस्त्रको गोताखोर टोली उच्च हिमाली क्षेत्र र हिमतालमा परिचालन भएको त्यो नै पहिलो थियो । जहाँ उसले थोरै भएपनि सफलता पायो । यो घटनाले सशस्त्रको गोताखोर टोली जस्तोसुकै ठाउँमा पनि परिचालन भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम छ भन्ने देखाउँछ । र, यसको श्रेय तिनै शिरबहादुर थापा र ओमबहादुर सलामीलाई जान्छ ।

कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्र एउटा यस्तो तालिम केन्द्र हो, जसलाई मुलुकका जुनसुकै भागमा कुनै अप्रिय घटना भए उद्धारका लागि तत्कालै सम्झने गरिन्छ, अझै विशेष गरी पानीमा डुबेका व्यक्तिजन्य घटनामा । सो तालिम केन्द्रमा यस्ता तालिमप्राप्त गोताखोर छन् कि उनीहरूको प्रशंसा जति गरे पनि कमै हुन्छ । तिनै गोताखोरका कारण सो तालिम केन्द्र मात्र नभई सिंगो सशस्त्र प्रहरी बल जहिले पनि चर्चाको केन्द्रमा हुने गर्छ । तिनै गोताखोरका कारण विगतमा उद्धारका लागि बंगलादेशबाट गोताखोर ल्याइने काम पनि पनि अन्त्य भएको छ । आफ्नो ज्यानको बाजी मारेर उद्धारमा उनीहरू जहिल्यै पनि सक्रिय हुन्छन् । अपवादबाहेक उनीहरूले सफलता हात नपारेका घटना कमै छन् ।

१२ वैशाख २०७२ को महाभूकम्प, पाँच वर्षअघि सुनकोसी नदीमा गएको पहिरो, सेती नदीको प्रलय, इन्द्रसरोवर ताल, राप्ती खोला, जाजरकोट बस दुर्घटना, पोखराको फेवातालमा डुंगा सयर गर्ने क्रममा र त्रिशूली, नारायणी र सुनकोसी नदीमा विभिन्न समयमा भएका दुर्घटनामा डुबेका व्यक्तिको उद्धारलगायतमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रले खेलेको भूमिका स्मरणीय छ । यी घटनामा सशस्त्र प्रहरी हबल्दार भण्डारी, सहायक हबल्दार थापा र जवान डिल्ली भट्टराईको योगदान उल्लेख्य छ । कुनै पनि दुर्घटना भएको अवस्थामा उनीहरुलाई नै सबैभन्दा पहिला सम्झिने गरिन्छ । उद्धारका क्रममा उनीहरुले खेल्ने गरेका साहसिक भूमिका, निडरपन, कार्यकौशलताका कारण उनीहरु पहिलो रोजाइमा पर्ने गरेका हुन् ।

१२ वैशाख २०७२ को महाभूकम्प, पाँच वर्षअघि सुनकोसी नदीमा गएको पहिरो, सेती नदीको प्रलय, इन्द्रसरोवर ताल, राप्ती खोला, जाजरकोट बस दुर्घटना, पोखराको फेवातालमा डुंगा सयर गर्ने क्रममा र त्रिशूली, नारायणी र सुनकोसी नदीमा विभिन्न समयमा भएका दुर्घटनामा डुबेका व्यक्तिको उद्धारलगायतमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रले खेलेको भूमिका स्मरणीय छ ।

जवान डिल्ली भट्टराईको योगदानलाई सशस्त्र प्रहरी बलले विशेष कदर गरिसकेको छ, वर्ष जवान घोषणाका साथै शान्ति मिसनमा उत्कृष्ट कोटामा पारेर । उनी अहिले शान्ति मिसनका सिलसिलामा दक्षिण सुडानमा छन् । भण्डारी शान्ति मिसनमा जाने सिलसिलामा तालिममा छन् । थापा भने अहिले पनि उद्धारमै सक्रिय छन् ।
उद्धारका सिलसिलामा उनी धादिङ र चितवनका अलावा सिन्धुपाल्चोक, तनहुँ, कास्की, नवलपरासी, जाजरकोट, दाङलगायतका जिल्लामा पुगेका छन् । हालै मात्र ११ मंसिरमा उनले दाङको गुलरिया भन्ने स्थानमा कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेका १८ वर्षीय लक्ष्मण डाँगीको शव निकालेका थिए ।

२७ माघ २०७४ को बिहान ४ बजेर १० मिनेट जाँदा धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट एउटा सरकारी गाडी त्रिशूली नदीमा खस्यो । गाडीमा सवार थिए बहालवाला सिँचाइ सचिव रामानन्दप्रसाद यादव । लगत्तै कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रबाट सशस्त्र प्रहरीको उद्धार टोली परिचालन भयो । घटनास्थल कुरिनटारबाट ३० किलोमिटरको दूरीमा पर्छ । सशस्त्रको उद्धार टोली घटनास्थल पुग्दा सिँचाइ सचिव यादवका गाडी चालक निराजन यादवको जीवितै उद्धार भइसकेको थियो । तर, सचिव यादव, उनका छोरा र एक जना आफन्त उन्नत्ति गुप्ताको अवस्था अज्ञात थियो ।

सचिव यादवलाई खोज्न सशस्त्र प्रहरीको तालिमप्राप्त गोताखोर टोली त्रिशूली नदीमा पस्यो । गोताखोर टोलीमा थिए, बैतडीको रोलेश्वर–७ का सशस्त्र प्रहरी हबल्दार नरेन्द्रसिंह भण्डारी र सहायक हबल्दार बाग्लुङ रायडाँडा ९ का शिरबहादुर थापा । उनीहरूले खोजीको केही क्षणमै सचिव यादव सवार गाडीलाई पानीको सतहबाट करिब ३० फिट फेला पार्न सके र सचिव यादवलाई मृत अवस्थामा उद्धार गर्न सफल भए । त्यसपछि अन्य दुईको पनि उनीहरूले उद्धार गरे ।

सशस्त्र प्रहरी सहायक हबल्दार थापाले अहिलेसम्म विपद्का विभिन्न २० भन्दा बढी घटनामा सक्रिय सहभागिता जनाइसकेका छन् । उनले विपद्का घटनासँग सम्बन्धित उद्धारका क्रममा अहिलेसम्म १५ भन्दा बढी शव पानीमुनिबाट निकालिसकेका छन् । घाइते अवस्थामा सयौंको उद्धार गरेका छन् । यति मात्रै होइन, उनले पानीमा डुबेका व्यक्तिलाई जीवितै निकाली नयाँ जीवनसमेत दिएका छन् ।

जस्तो कि चितवन महोत्सव चलिरहेको अवस्थामा २ माघ २०६७ मा प्याराग्लाइडिङ गर्ने क्रममा नारायणी नदीमा खसेका नेदरल्यान्डका नागरिक बेनु बेन्जुलाई उनीसहितको टोलीले जीवितै निकालेका थिए ।

केही समयअघि फेवातालमा माछा मार्न जाँदा दुई जनाको डुबेर मृत्यु भएको थियो । उनीहरूको उद्धारमा गएका नेपाल प्रहरीका एक जना जवानको पनि डुबेर मृत्यु भयो । सो घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि परिचालन भयो । सशस्त्रले सहायक हवल्दार शिरबहादुर थापा र जवान भट्टराईलाई उद्धारका लागि फेवातालभित्र पठायो । पानीभित्र आवश्यक पर्ने सामाग्री बोकेर खोजीका लागि गएका थापा र भट्टराईले २५ फिट गहिराईबाट तीनै जनाको शव निकाल्न सफल भए ।

साहसी उद्धारकको परिचय बनाएका सशस्त्र प्रहरी सहायक हवल्दार थापको उद्धार गाथा यतिमै मात्र सीमित छैन । फेवातालमै पानी भरेर एउटा डुंगा डुब्यो । दुई जना बेपत्ता भए । सशस्त्रले उनीहरूको खोजीका लागि सहायक हवल्दार थापा र भट्टराईलाई परिचालन ग(यो । उनीहरूले ३५ फिट गहिराईबाठ फरक फरक ठाउँबाट ती दुई जनाको शव निकाल्न सफल भए । यस्तै, पोखराको सेती नदीमा नुहाउन जाँदा एक जना युवक र एक जना युवतीको डुबेर मृत्यु भएको थियो । उनीहरूको शव साता दिनपछि खोंचमा अड्केको अवस्थामा भेटिएपछि सशस्त्रको टोली उद्धारका लागि गएको थियो । त्यहाँ पनि उद्धारका लागि यिनै भट्टराई र सहायक हवल्दार थापालाई परिचालन गरिएको थियो । उनीहरू घटनास्थल पुग्दा शव कुहिइसकेको थियो । उनीहरूले रोप ट्विन मेथोडबाट कुशलतापूर्वक शवलाई बाँधेर निकाल्न सफल भएका थिए ।

साहसी उद्धारकको परिचय बनाएका सशस्त्र प्रहरी सहायक हवल्दार थापको उद्धार गाथा यतिमै मात्र सीमित छैन । फेवातालमै पानी भरेर एउटा डुंगा डुब्यो । दुई जना बेपत्ता भए । सशस्त्रले उनीहरूको खोजीका लागि सहायक हवल्दार थापा र भट्टराईलाई परिचालन ग(यो । उनीहरूले ३५ फिट गहिराईबाठ फरक फरक ठाउँबाट ती दुई जनाको शव निकाल्न सफल भए ।

उद्धारका क्रममा सशस्त्र प्रहरी सहायक हबल्दार थापाले धेरै नै अनुभव बटुलेका छन् । कतिपय अनुभव भने जीवनको उत्तरार्धसम्म पनि सम्झिने खालका छन् ।
जस्तो कि २९ मंसिर २०७४ को साँझ ५ बजे पटोल गस्ती गरी फर्कने क्रममा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाका नायक रामबाबु अधिकारी मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ६ स्थित राप्ती खोलामा डुबी बेपत्ता भए । नेपाली सेना र स्थानीय प्रहरीले उनको खोजी गरे । तर, फेला पार्न सकेनन् । त्यसपछि नेपाली सेनाले खोजीका लागि तीनवटा हात्तीलाई खोलामा पठायो । खोजीमा हात्तीलाई पठाउनुको कारण हो, पानीमा हिँड्दा शव फेला परे हात्ती ठूलो आवाजका साथ कराउँछ भनेर । हात्ती परिचालन गर्दा पनि अधिकारीका बारेमा केही भेउ मिलेन । त्यसपछि बेपत्ता अधिकारीका आफन्तले माताको सहयोग लिए । माताले बेपत्ता अधिकारीलाई नागदेवताले घेरी राखेको र आफूले सात दिनभित्र शव फेला पार्ने बताइन् । परिवारले अलि चाँडो फेला पार्न आग्रह गरेपछि उनले पाँच दिनभित्र फेला पार्ने जवाफ दिइन् ।

सेनाका नायक अधिकारी खोलामा बेपत्ता भएको जानकारी कुरिनटारस्थित विपद् व्यवस्थापन केन्द्रलाई तीन दिनपछि मात्र जानकारी गराइएको थियो । त्यसपछि सशस्त्रको टोली लाग्यो घटनास्थलतर्फ । खोजीका लागि सशस्त्रले हबल्दार भण्डारी र सहायक हवल्दार थापालाई अघि सा¥यो । उनीहरू आवश्यक सामग्रीसहित खोलाभित्र पस्न मात्र लागेका थिए, तिनै माताले रोके । माताले ‘नागले शवलाई घेरेर राखेको छ नजानु, जाने नै भए म हातमा डोरी बाँधिदिन्छु’ भनिन् । तर, उनीहरूले मानेनन् र खोलाभित्र पसे । हुन त खोलामा पस्नुअघि उनीहरूले स्थानीयसँग त्यहाँको वस्तु अवस्था बुझेका थिए । स्थानीयले हरेक वर्ष खोलाले एक जना मान्छे खाने गरेकोसमेत उनीहरूलाई बताएका थिए ।

खोलाभित्र पसेको आधा घण्टापछि उनीहरूले २५ फिटमुनिबाट बेपत्ता अधिकारीको शव निकाले । शव निकालेको जस भने माताले लिन खोजिन् । मेरो भगवानको कृपाले शव फेला प¥यो भनेर । उनी त्यहीँ उफ्रीपाफ्री गर्न लागिन् । यो कुरा सम्झँदा उनलाई बेलाबेलामा रमाइलो लाग्दो रहेछ ।
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि उनीसहितको सशस्त्र प्रहरीको गोताखोर टोली त्रिशूली नदीमा परिचालन भएको थियो । तर, घिमिरेलाई फेला पार्न भने सकेन । ‘पूर्वगृहमन्त्री घिमिरेको खोजीका लागि हामीले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेका थियौं, धमिलो पानीमा २५ फिटमुनि म आफैं पनि गएको थिएँ । एक दिन होइन, दुई दिन होइन, धेरै दिन हामीले खोजी ग¥यौं, तर सफलता मिलेन,’ थापा भन्छन् ।

यी साहसिक उद्धारकलाई सशस्त्र प्रहरी बलले बंगलादेशमा गोताखोर तालिम गर्ने अवसर दिएको थियो । त्यहीँ तालिम गरेपछि उनमा साहस बढेको हो । तालिमका क्रममा उनीहरू १ सय ८० फिट गहिराइसम्म गएका थिए । सो तालिम गर्दा केहीको कानको जालीमा गम्भीर समस्यासमेत आएको थियो । उनीसँगै त्यहाँ तालिम गरेका सशस्त्रका केही जवान आर्थिक फाइदा देखेर पलायन भइसकेका छन् । तर, उनमा भने सशस्त्रमै बसेर देशको सेवा गर्ने ठूलो इच्छा रहेछ । ‘उद्धारमा जाँदा कहिले नसोचेको अप्ठेरो आइलाग्छ, कहिले ज्यान नै जोखिममा पर्छ, यस्तो बेलामा पाइलापाइलामा ध्यान दिनुपर्छ,’ यी साहसिक उद्धारक भन्छन्, ‘जब उद्धारमा सफलता मिल्छ, छुट्टै आनन्द आउँछ, अझै जटिलभन्दा जटिल काम गर्न सकौं भन्ने लाग्छ ।’
पानीमुनि अति गहिरो ठाउँमा शव देख्दा डर लाग्दैन भन्ने जिज्ञासामा थापा भन्छन्, ‘पहिलापहिला त डर लाग्थ्यो, अब त बानी नै परिसक्यो, खासै डर लाग्दैन ।’ समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia