जनकपुर / धनुषाको जनकनन्दनी गाउँपालिका–५ पतनुकामा एक वृद्धाको हत्या भएको छ । एक महिलाले नाकमा लगाएको फुली लुट्न लुटेराहरुले खोजेपछि होहल्ला गर्दा ६० वर्षीया दुखरन साहकाे हत्या भएकाे हाे । लुटेरा समुहले स्थानीय सुनिता देवी कापडले नाकमा लगाएको ३ आनाको सुनको फुली लुट्न खोजेका थिए । सो देखेर ती वृद्धाले होहल्ला गरेकी थिइन् । लगत्तै लुटेरा समुहले टाउको र घाँटीमा ढुंगा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia