बुटवल । बाबु, सन्तानको पहिलो रक्षक, पहिलो गुरु अथवा सवैथोक । तर सबै छोराछोरीले बाबुको पहरेदारी र माया नपाउँदा रहेछन् । मायाको के कुरा आफ्नै बाबु दानव निस्किए पछिको पीडा कस्तो हुन्छ बुटवलकी १० बर्षीया बालिकाले डेढ बर्षदेखि भोग्दै आएकी छन् । लामो सयमदेखि रोजगारीका लागि विदेश बसेका गुल्मीका दिलबहादुर गैरे डेढ बर्ष अघि घर फर्किए । बाबु घर फर्किएपछि खुसी भएकी बालिकाको खुसी धेरै दिन टिकेन । बालिकाकी आमा घर नभएको बेला वा निदाएको बेला बाबुले उनीमाथि कुदृष्टी लगाउन थाले ।
आफ्नै बाबुले उनलाई अप्राकृतिक यौनजन्य क्रियाकलाप गर्न लगाउने, अगंहरु छुने, खेलाउने, पटकपटक मुखमैथुन गराउने र आमालाई भने ज्यान मार्ने धम्की दिन थाले । डेढ बर्षदेखि बालिकाको न पढाइमा ध्यान थियो, न खानापानमै । सधै उदास बिरामी जस्तै मात्र । तर कुनै दिन पनि आमालाई भनिन् । एक साता अघि उनका बाबु बाहिर गएको बेला आमालाई बाबुले गरेको क्रियाकलाप सुनाउँदा आमाले पहिले त विश्वासै गरिनन् तर १० बर्र्षीया बालिकाले बाबुबाट भोगेको क्रुर व्यवाहार सत्य थियो ।
आमाले यो सब थाहा पाएपछि प्रहरीमा जाहेरी दिईन र भारतमा रहेका उनका श्रीमानलाई फकाई फुलाई नेपाल बोलाइन् । सोमबार घर आए लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लियो । पीडक बाबु अहिले ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । बालिका, उनकी आमा भने बलात्कारी बावुलाई हदैसम्मको कार्वाहीको माग गरिरहेका छन् । दिलवहादुर गैरे, न्यूज२४नेपालबाट








