काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।

पार्टी संस्थापन समूहका सहमहामन्त्री डा.प्रकाशशरण महत निकट मानिएका ऋषिकेशजंग शाह र संस्थापनइतर समूहका नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरूले धर्नाका क्रममा झडप गरेका थिए। आफ्ना नेतालाई छेकेको बदला लिन पार्टी कार्यालयमा पुगेका शाह र केही अघिल्लो पटकभन्दा दलबलसहित पुगेका सिटौला निकट विद्यार्थीहरूको एकअर्काको दम्भका कारण झडप भएको थियो।

केही दिनअघि बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा.महतलाई सिटौला समूहका विद्यार्थी नेताहरूले अवरोध गरेको बदला लिन पुगेका शाह समूहका विद्यार्थी नेताहरूले सुरुमा मौन प्रदर्शन भनेका थिए। उनीहरूको ‘प्ले कार्ड’मा पनि अनुशासन कायम गर भन्ने उल्लेख थियो। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia