काठमाडौं । केही दिनअघि ललितपुरको नख्खुमा एक जनाको ज्यान जानेगरी भएको बम विस्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका नेता सूर्य भुजेल पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

नख्खु बमकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका भुजेल विप्लवका पूर्व अंगरक्षक समेत हुन् । उनी सो बमकाण्डका बेला घटनास्थलमा नै उपस्थित भएको दाबी गरिएको छ । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia