काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारी सातै जनाका लागि तय भएको श्रद्धाञ्जलि कार्यक्रमा शुक्रबार बिहानसम्मका लाग सरेको छ। पोस्टमार्टम गर्न समय लाग्ने भएकाले शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि सारिएको हो।

बिहीबार दिउँसो ताप्लेजुङबाट काठमाडौं ल्याइएका शवको पहिचान हुन समस्या भएर डिएनए परीक्षण गर्नु परेपछि समय लाग्ने भएको हो। डिएनए परीक्षणको नतिजा आउन १० देखि १५ घण्टा लाग्ने भएपछि बिहीबारको कार्यक्रम शुक्रबारसम्मका लागि सारिएको हो। बुधबार ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटना मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। उक्त घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप-महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia