काठमाडौं / राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीबिहीन हुँदा महिला अधिकार र सशक्तिकरणसम्बन्धी नीतिगत कार्यहरु प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दै आएको छ ।

देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज २९ गते राष्ट्रिय महिला आयोग ऐन बनेदेखि आयोग सबै पदाधिकारीबिहीन भनेकाले सचिव अनिलकुमार ठाकुरको भरमा नियमित कार्य हुँदै आएको हो ।प्रेस वक्तव्य, गुनासो सुनुवाइजस्ता काममा अप्ठयारो परेको बताउँदै आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले भन्नुभयो– ‘यस्तो संवेदनशील निकाय सरकारको प्राथमिकतामा नपर्नु दुःखद कुरा हो । यसले गर्दा कतिपय नीतिगत कुरामा ठोस निर्णय लिन सकिएको छैन ।’अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।









