काठमाडौं । मध्याह्नको गर्मीमा हातले गाडी रोक्न इसारा गरेको घण्टौं बितिसक्यो । तर, कुनै पनि गाडी रोक्न मानेका छैनन् ।
जमलमा बस कुरिरहेकी ६९ वर्षीया गायत्री पन्तलाई बोहोराटार जानु छ । उनलाई नै क्रस गर्दै हुइँकिएका गाडीले उनको इसारालाई हेरेनन्, हेरे पनि वास्ता गरेनन् । कारण थियो काठमाडौंमा हुने ट्राफिक जामलाई कम गर्न टुँडिखेल आसपासलाई आधार बनाएर ल्याइएको ‘पिक एन्ड ड्रप’ कार्यक्रम । जसकारण हिजोहाज यो रुट भएर चल्ने सवारीसाधन साबिकको जस्तै जमलमा रोकिँदैनन् । यसबारे उनी बेखबर थिइन् । शिवरात्रिको दिन यसै पनि कम मात्रामा गाडी चलेका थिए । अब, उनले गाडी चढ्न लगभग एक किलोमिटर हिँडेर या त सुन्धारा पुग्नुपर्छ या त लैनचौर । उनी निराश हँुदै दुखेसो पोख्छिन्, ‘त्यत्रो हिँड्न सक्ने भए गााडी किन चढ्नुपथ्र्यो १’गाडीले यात्रु कुरेर बस्दा जाम बढेको तथा वातावरणीय प्रदूषणको समस्या देखिएको भन्दै ‘पिक एन्ड ड्रप’ कार्यक्रम सुरु गरिएको थियो । काठमाडौं महानगरपालिकाको अगुवाइमा ट्राफिक प्रहरी र अन्य निकायसँग सहकार्य गरी गत १ पुसदेखि पहिलो चरणमा यो व्यवस्था लागू गरिएको हो । यो व्यवस्था सुरु भएको तीन महिनाको अवधिमा समेत सर्वसाधारणको गुनासो उस्तै छ ।

यसले जामलाई केही भए पनि कम त गरेको छ तर सर्वसाधारणको सुविधाका सवालमा भने अवैज्ञानिक साबित भएको छ । यससँग सम्बन्धित कतिपय सवाललाई ध्यान दिन नसक्दा सर्वसाधारण यात्रु भने मर्कामा पर्ने गरेका छन् । कतिपय यात्रुलाई यो व्यबस्थाबारे जानकारी नै छैन । चालक र सहचालकले भनेको ठाउँमा सवारीसाधन नरोकिदिएको भन्दै झगडा गर्ने गरेका छन् ।दैनिक बालाजु हुँदै रत्नराज्य क्याम्पस आउजाउ गर्नुपर्ने राज खरेललाई या त जमलमा झनुपर्छ या त सुन्धारा । गाडीबाट झरेपछि पनि आधा बाटो त हिँड्नैपर्ने भएको छ । उनको अनुभवमा पनि वृद्धवृद्धा र अशक्त झन् मारमा परेका छन् ।
बिनापूर्वाधारको तयारी
यो व्यवस्था लागू हुनुपूर्व निश्चित स्थानमा बसपार्कको व्यवस्था गरिनुपर्ने थियो तर त्यसो गरिएन । ‘पिक एन्ड ड्रप’ लागू भएका क्षेत्रमा चल्ने सवारीसाधन बसपार्कभित्र जान पाउँदैनन् । बीच सडकका धेरै स्थानमा निश्चित क्षेत्रमा यात्रु पर्खनका लागि विभिन्न रुटअनुसारका स्थान छुट्याइएको हुन्थ्यो । तर, हाल शहीदगेट, सुन्धारा र शान्ति वाटिकामा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था गर्दै आइएको छ । सुरुबाट नै बिनापूर्वाधार ट्राफिक प्रहरी लगाएर यस्तो व्यवस्था लागू गर्न थालियो । महानगर क्षेत्रमा पार्किङ व्यवस्थापन गर्ने निकाय काठमाडांै महानगरपालिका हो तर महानगरसँग सार्वजनिक यातायातका लागि व्यवस्थित पार्किङ निर्माण गर्ने योजना नै छैन । महानगरले यसलाई सबै क्षेत्रमा लागू गर्ने योजना बनाएको छ । राजधानीबाट ।









