इनरुवा। नेपाली कांग्रेस प्रदेश १ का प्रदेशसभा सदस्यहरुले हावाहुरी पीडित परिवारलाई दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन् । बारा र पर्सामा गएको वितण्डाकारी हावाहुरीबाट प्रभावितकालागि प्रदेश नम्वर एकका कांग्रेस सांसदहरुले दुई दिनको तलब उपलब्ध गराउने भएका हुन ।
प्रदेश एकको प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुले आफ्नो दुई दिन बराबरको तलब पीडितलाई उपलब्ध गराउन लागेका हुन् । संसदीय दलका सचेतक सुर्यमाराज राईले शोकबक्तत्व जारी गर्दै पीडितकालागि सहयोगको घोषणा गरेका हुन् । प्रदेश एकमा नेपाली कांग्रेसका २१ जना सांसद छन् । एकजना सांसदको दुई दिनको तलब ३ हजार हुन आउँछ । तलब वापतको ६३ हजार रकम पीडितको सहयोगमा उपलब्ध गराउने बताइएको छ । जारी शोक बक्तत्वमा शोकको घडीमा सबैको साथ र सहयोगकालागि अपिल समेत गरेका छन् ।









