काठमाडौं । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ । गत फेब्रुअरीमा कश्मिरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको हमलाको सो समूहले जिम्मेवारी लिएको थियो ।चीनले सो समूह बारेको आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसंघले त्यस्तो निर्णय गरेको हो । यसअघि चीनले सो प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन अनुरोध गरेको थियो ।

भारतले यसलाई आफ्नो कूटनीतिक जितको रूपमा हेरेको छ । यस निर्णयसँगै मसूदको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू लाग्नेछन् ।राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्वीट गर्दै भनेका छन्, ‘ठूला, साना सबै ९देश० ले साथ दिएका छन् । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सूचीमा मसूद अजहर आतंकवादी घोषित भएका छन् । सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ ।’

जैश–ए–मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ । सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै सो समूहको गठन गरेका हुन् ।त्यतिखेर सो विमानलाई काठमाडौंबाट अपहरण गरेर तालिबानशासित अफगानिस्तान पुर्याइएको थियो । सो देशमा रहँदा अजहरले भूतपूर्व तालिबान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ ।दिल्लीस्थित भारतको केन्द्रीय संसद्मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश–ए–मोहम्मदमाथि लगाएको छ । सो घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia