- दिलिप कुमार साह

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १४ दलित मुसहर परिवारको घर भत्काए पछि गापा अध्यक्ष परमानन्द यादवले पुर्नस्थापित गर्नको लागि पहल गरेको छ ।गापा अध्यक्ष यादवले पुर्नस्थापित सहित उनीहरुलाई आज बुधबार मुरही, त्रिपाल सहित राहत सामग्री प्रदान गरेको छ ।राहत पाउनेहरुमा राम अशिष सदा, अशोक कुमार सदा, श्री कुमार सदा, जय प्रकाश सदा, परशुराम सदा, जय राम सदा, बद्री सदा, श्रीमति लडुबति देवी सदा, श्रीमति चैनकी देवी सदा, श्रीमति उर्मिला देवी साद, रामकान्त सदा, अमोद सदा र श्री प्रसाद सदा रहेको छ ।

सप्तरी जिल्ला अदालतले गत मङ्गलवार गरेको आदेशअनुसार गत शनिवार दिउँसो सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १४ दलित मुसहर परिवार बसोवास रहेको बस्तीमा डोजर लगाएर भत्काइयो । स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै अदालतमा गरेको रिटमाथि भएको फैसलाअनुसार मुसहर बस्ती भत्काइएपछि उनीहरु घरविहिन भएका हुन् । तीन पुस्तादेखि बसोवास गर्दै आएको बस्ती पूर्व जानकारी विना नै भत्काइएका कारण खाद्यान्न र अन्नपात समेत निकाल्न नसक्दा दलित मुहसर परिवारको दैनिकी कष्टकर बनेको बनेको थियो ।घरविहिन भएपछि बस्ती नजिकै रहेको पोखरी किनारमा त्रिपालमुनि ओत लागेका १४ दलित मुसहर समूदायलाई चिसोले सताईरहेको अवस्थामा गापा अध्यक्ष यादवले उनीहरुलाई खाद्यान्न र अन्नपातको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष परमानन्द यादवले दलित समूदायलाई पुर्नवासको व्यवस्था मिलाउन प्रयास अघि बढाइएको बताए । ‘पुर्नवास गराउनकालागि चाहिने आवश्यक जग्गाको खोजी कार्य भईरहेको छ’ उनले भने–‘केहि दिनभित्रै उहाँहरुको व्यवस्थापन भईसक्छ ।’राहत वितरण कार्यक्रममा राजगढ गापा अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पलता कुमारी मंडल, वडा नम्बर १ को वडा अध्यक्ष नारायण यादव र पत्रकार दिलिप कुमार साह सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia