- दिलिप कुमार साह

राजविराज । स्नेही हात काठमाण्डौंले सप्तरीको राजविराज नगरपालिका १० स्थित दलित तथा विपन्न वस्तिका वालवालिकाहरुलाई कपडा वितरण गरेको छ ।तीन वर्ष मुनिका ७८ जना वालवालिकाका लागि डस्ना तथा न्यानो कपडा वितरण गरिएको स्नेही हातका प्रतिनिधिले जनाएका छन् ।

वालवालिकाको सहयोगका लागि डा. प्रविन जोसी, प्रा. लक्ष्मण भुषाल, डा. ललित दास, डा. सपना वर्मा दास, विनोद सुवेदी, पवन पौडेल, सिता जोसीलगायतको टोली सप्तरी आएको थियो ।सहयोग वितरण कार्यक्रममा राजविराज १० का वडाअध्यक्ष सुशिल दास, सदस्यहरु गिरिजाकुमारी यादव, कारोदेवी सदा, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष उपाध्यक्ष शंकरकुमार दास, स्थानीय ऋषभ कृष्ण दास, विनोद दासलगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia