राजविराज । महिला आन्दोलन सफल बनाउन हरेक क्षेत्र झै मडिया क्षेत्रमा आवद्ध संचारकर्मीहरूको कलमले गर्ने गरेको अबको हरेक रिपोर्ट महिलावादी दृष्टिकोणबाट सम्प्रेषण हुनुपर्ने महिला अधिकारकर्मी डाक्टर रेणुराज अधिकारीले बताईन। महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल (एनएडब्लुएचआरडी) को राष्ट्रिय अध्यक्ष समेत रहेकी डाक्टर अधिकारीको अनुसार–एक्काध बाहेक आजसम्म नेपाली मिडियाले महिला को मुद्दामा महिला कै दोष वा झन महिला नै पिडित हुने आशयका पुरानै शैलीको लेखन र विश्लेषण रहककदै आएको छ ।

पत्रकारहरूको हिजोको त्यो पितृसत्तात्मक सोचले जेलिएको लेखन शैली र समाचार रिर्पाेटिङको दृष्टिकोणमा परिवर्तन नगरेसम्म महिलाको कुनै पनि अधिकार सुनिश्चित मा सशंकित नै बनाईरहने चिन्ता उनले व्यक्त गरिन । अर्को प्रसंगमा डाक्टर अधिकारीले भनिन– स्थानीय तहमा आधा महिला हुनु महिला आन्दोलन को एउटा सफलता हो। यधपि कानुनी बाध्यताले भए नि आज स्थानीय तहहरूमा उपमा निर्वाचित भएर आएका महिलाहरूलाई काम गर्ने वातावरण नहुनु वा उनीहरूको नेतृत्व पितृसताले सहजै स्वीकार गर्न नसक्नु महिला अधिकार स्थापित गर्न अझै चुनौती रहेको उनको भनाइ रहेको छ । प्रदेश २ को सप्तरी, सिरहा र धनुषाका महिला मानव अधिकार रक्षकहरु र संचारकर्मी महिलाहरुलाइ घटना अभिलेखिकरण सम्बन्धी कार्यशालाको भेटमा उनले भनिन– देशमा पछिल्लो राजनैतिक देखि समाजिक घटनाक्रमलाई विष्लेशण गरिरहककदा काम गर्ने र क्षमतावान महिलाको समेत खुटा ताने प्रवृति व्याप्त देखिएकोले हामी संवेदनशील हुनुपर्ने जरूरी छ । महिलाको विषयमा जहिले पनि नकारात्मक पक्षबाट समाचार सम्प्रेषण हुने भएकोले अब देखी महिलाहरुको सकारात्मक पक्षबाट समाचार सम्प्रेषण गर्नुपर्ने र महिलाको कमजोर पक्षलाई भन्दा पनि महिलाको बलियो पक्षलाई जोड दिँदै महिलाको हक अधिकार र समानताको वातावरणमा समाज रुपान्तरण गर्नु मिडिया समेत महत्वपूर्ण दायित्व रहेको डाक्टर अधिकारीले बताईन ।








