नेपालमा कोरोना भाइरसका थप एक सय ४४ जना नया संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएर अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

२४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको मंत्रालयले जनाएको छ। सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको भएर दश हजार २ सय ९४ जना घर फर्किसकेका छन् जुन संख्या संक्रमित संख्याको ६०.७ प्रतिशत हो। नेपालमा कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ। सोमबारसम्म क्वारेन्टिनमा २३ हजार चार सय ७० जना छन् भने आइसोलेसनमा छ हजार छ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।




तपाईको प्रतिक्रिया

trusted online casino malaysia