इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको हो । पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘आज इतिहासको सबैभन्दा महत्वपूर्ण दिन हो । हामीले पाकिस्तानको नयाँ राजनीतिक नक्सा विश्वसामु प्रस्तुत गरेका छौं ।’
खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ । यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ ।’उनले अवैध रुपमा भारतले कश्मीर आफ्नो नक्सामा समेटेको समेत दावी गरे । प्रधानमन्त्री खानले यो नक्साले भारतले गत अगस्ट ५ मा जारी गरेको नयाँ नक्सालाई पनि खारेज गर्ने दाबी गरेका छन् । उनले भने– ‘भारतले गत वर्षको अगस्ट ५ मा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, त्यसलाई यो राजनीतिक नक्साले खारेज गरिदिएको छ ।’ खानका अनुसार अब पाकिस्तानका सबै स्कुल, कलेज र कार्यालयहरुमा मंगलबार जारी गरिएकै नक्सा प्रचलनमा आउनेछ ।
यता भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ। भारत सरकारले पाकिस्तानको यस नयाँ नक्सालाई अस्वीकार गर्दै यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता नरहेको प्रतिक्रिया दिएको छ ।मंगलबार साँझ भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको तथाकथित राजनीतिक नक्सा हेर्यौँ । यसमा भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेशहरु जम्मू–कश्मीर लद्दाखको भूमिमाथि आधारहीन दाबी गरिएको छ । जुन राजनीतिक मुर्खताले उठाइएको कदम हो ।’ भारतले गत वर्ष जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि समेटेको थियो । भारतले आफ्नो राजनैतिक नक्सामा नेपाली भूभाग समेटेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित भूभागलाई आफ्नो नयाँ राजनैतिक तथा प्रशासनिक नक्सामा समेटिसकेको छ ।
लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने
लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने
Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020
इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द
इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द
Gepostet von Inaruwa Online am Montag, 3. August 2020
पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा
पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा
Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020