एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ।
भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका एक पाइलटसहित कम्तिमा दुई जनाको मृत्यु भएको छ। विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी छ। हिन्दुस्तान टाइम्सले प्रारम्भिक जानकारी अनुसार ४० हाराहारी यात्रु घाइते भएको उल्लेख गरेको छ। भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ। सेतोपाटीको सहयोगमा
लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने
लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने
Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020
इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द
इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द
Gepostet von Inaruwa Online am Montag, 3. August 2020
पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा
पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा
Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020