इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यसैक्रममा पालिका वार्ड नं २ स्थित भोक्राहा स्वास्थय चौकीले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवाला बिच सोमबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

वडा भित्र रहेका सम्पुर्ण विद्यालय जाने उमेर समुहका र बिद्यालय नजाने उमेर समुहका बालबालिकालाई खोप दिइने संबंधित स्वास्थ्य चौकीका प्रमुख रमेश साहले बताएको छ । १५ महिना देखि १५ बर्ष उमेर समुहका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य शाखाले बताएको छ । स्वास्थ चोकिका अनुसार बिद्यालय र स्वास्थ्य चौकीलाई खोप केन्द्र स्थापना गरि १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई नछुट्ने गरि टाइफाइड रोगविरुद्धको खोप दिइने हो । नेपालमा पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप लगाइने भएकोले यस अभियानलाई सफल बनाउन भोक्राहा नरसिंह स्वास्थय शाखा र स्वास्थय चौकिले सबै सरोकारवालाहरुसंग सहयोगका लागि अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia