trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा नगरपालिका वडा नं. १ का वडा अध्यक्षबाट आज सीप मुलक तालीम कार्यक्रमकको अनुगमन भएको छ। व्यावसायीक सीप विकास तलिम प्रतिष्ठान इटहरी सुनसरीको आर्थीक सहयोगमा तथा इनरुवा १ स्थित एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर ईन्जिनियरिंग प्रा. लि.को प्राविधिक सहयोगमा सञ्चालित तालीमको वडा अध्यक्ष प्रमोद पोखरेलले अनुगमन गरेका हुन।

इनरुवा वडा नं. १ र ५ को समन्व्यमा सञ्चालित ३९० घण्टे कम्प्युटर हार्डवेयर टेक्निसियन विषयको तालीम कार्यक्रम हो। जम्मा ४० जना सहभागि रहेको उक्त तालीम कार्यक्रम बिहानी र दिउसो गरि दुई चरणमा सञ्चालन हुदै गरेको संस्थाका प्रतिनिथि मनोज भण्डारीले जानकारी दिए। तालीम अवधि ६५ दिन रहेको जानकारी दिएको हो। वडा अध्यक्ष पोखरेलले गरेको अनुगमनका दौरान उक्त सीपमुलक तालीम अहिले सम्म संतोषजनक सिकाई तथा व्यचस्थापन रहेको सहभागीहरुले बताएका छन्। बाकी सिकाई अवधि पनि संतोषजनक तथा उपलब्धि मुलक रहोस भनि वडा अध्यक्ष पोखरेलले सभागीहरु माझ शुभकामना व्यक्त गरे। उक्त अनुगममा उधोग वाणिज्य संघ इनरुवाका सह-सचिव सुरेन्द्र शाह, युवा उधमी तथा समाजसेवी महानन्द मेहता, संस्था प्रमुख बिरेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो।

उक्त अनुगमन कार्यक्रमका बिच तालिम प्रदायक संस्था तथा सहभागीहरुले नव निर्वाचित वडा अध्यक्ष पोखरेललाई सफल कार्यकालको शुभ कामना समेत व्यक्त गरेका छन। पदभार ग्रहण पश्चात वडा अध्यक्ष पोखरेलको कुनै पनि कार्यक्रम तथा योजनाको पहिलो पटक अनुगमन गरेका हुन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia