गणित शिक्षा परिषद् नेपालको प्रदेश १ सम्मेलन इटहरीमा आयोजना हुने भएको छ । इटहरीको कस्तुरी कलेजमा भाद्र ३ गते हुन लागेको सम्मेलनमा प्रदेश नम्बर १ का १४ जिल्लाका गणित विषयका शिक्षकहरुको उपस्थिति रहने छ । प्रदेश सम्मेलनमा परिवर्तित पाठ्यक्रम, मूल्याङ्कन र प्रश्नपत्र निर्माण लगायतका विषयमा प्रशिक्षण समेत दिइने कार्यक्रम रहेको आयोजक प्रदेश समितिले जनाएको छ ।

गणित शिक्षा परिषद् प्रदेश १ कार्य समिति सदस्य जनक ढकालका अनुसार सम्मेलनमा परिषद्का केन्द्रीय अध्यक्ष समेत रहेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.हिराबहादुर महर्जनको उपस्थिति रहने छ । सम्मेलनमा महर्जनका साथै नेपाल खुला विश्वविद्यालयका निबर्तमान उपकुलपति तथा गणित शिक्षा परिषद्का केन्द्रीय सह–अध्यक्ष प्रा.डा.लेखनाथ शर्मा समेतको उपस्थिति रहने ढकालले जानकारी दिनुभयो ।

सम्मेलनमा गणित शिक्षा परिषद्का केन्द्रीय उपाध्यक्ष तथा पाठ्यक्रम विकास केन्द्रका गणित विषयका लेखक रमेश कुमार अवस्थीले प्रशिक्षण दिने कार्यक्रम रहेको ढकालले बताउनु भयो । सम्मेलनमा सहभागि माझ अवस्थीले गणित विषयको परिवर्तित पाठ्यक्रम र सोको मूल्यांकन साथै प्रश्नपत्र निर्माण लगायतका बारेमा प्रशिक्षण दिने ढकालले जनाउनु भयो । सम्मेलनले प्रदेश १ को नयाँ कार्य समिति समेत चयन गर्ने वहाँले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia