राजविराज। सप्तरीको सुरुङ्गा नगरपालिकाबाट सोमबार दिउँसो सशस्त्र प्रहरीले ठुलो मात्रामा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ४ कदमहाबाट २ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट पारिएको सशस्त्र प्रहरीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश कडरबोनाबाट सशस्त्र प्रहरी सहायक निरिक्षक बिनोद कुमार चौधरीको कमाण्डमा खटिएको टोलिले गाईघाट कदमाहा भित्री सडक खण्डमा चेकजाँच गर्ने क्रममा २ सय लिटर घरेलु मदिरा बरामद भएको सप्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खण्डकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी बल कडरबोना बेस क्याम्पसका सशस्त्र प्रहरी सहायक निरिक्षक चौधरीको नेतृत्वको टोलीले २ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।
१४ वटा ग्यालिनमा लिएर गाईघाटबाट राजविराज तर्फ जाँदै गरेको अवस्थामा मदिरा बरामद गरेको हो । बरामद गरिएको मदिरा वडा नम्वर ५ का वडाध्यक्ष, दिलाराम चौधरी, कडरबोना सशस्त्र प्रहरी निरिक्षक धर्मेन्द्रसिंह भण्डारी र स्थानीय भद्र भलादमिहरुको रोहबरमा खाल्डो खनेर पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिनुभयो ।








