राजविराज । सप्तरी प्रहरीले सवारी ज्यान तथा चोरी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला उदयपुर गढी गाँपालिका वडा नम्बर–७ बस्ने सुशिला तामाङ्गको जाहेरीले मुद्दामा फरार रहेका जिल्ला सप्तरी साविब गाविस पिप्रा पश्चिम वडा नम्बर–२ हाल सुरुङ्गा नगरपालिका वडा नम्बर–२ बस्ने ३६ बर्षीय शिवराज दाहाललाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा सप्तरी जिला अदालतले २०७५ साल चैत ३ गते दाहालाई १ महिना १५ दिन कैदको फैसला सुनाएको थियो ।
अदालतको फैसला लगत्तै फरार रहेका दाहालको खोजतलासको क्रममा सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै प्रहरीले खशी बोका चोरी मुद्दाका फरार अभियुकत सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–६ बस्ने २१ बर्षीय गोपी भन्ने किसन राउत मेहतरके लाई पक्राउ गरेको छ ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–१ बस्ने ३१ बर्षीय झौली कामैतले २०७७ साल कात्तिक १७ गते दिएको जाहेरीले मेहतरले खसी बोका चोरी गरेका थिए ।मेहतरलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७८ साल चैत्र १४ गते चोरी मुद्दामा ५ महिना कैद र छ हजार रुपैया जरिवाना फैसला सुनाएका थिए ।मेहतरलाई कैद भुक्तानको लागि करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।








