- दिलिप कुमार साह

राजविराज । अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने भुमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताएकी छन् ।सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-४ मा मंगलबार भूमिहीनलाई जग्गाधनी प्रमाण-पत्र वितरण गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री श्रेष्ठले भुमी आयोग गठन भइसकेपछि ४९ हजार जग्गाबिहीनलाई जग्गा धनी बनाईएको जानकारी दिनुभयो । दुई बर्षभित्र सबै भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने जानकारी मन्त्री श्रेष्ठले दिनभयो ।

यस बर्षमा ३ सय पालिकामा ५ लाख भन्दा बढी जग्गाधनी प्रमाण-पत्र वितरण गर्ने काम भइरहेको र अर्को बर्ष सबै भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने उहाँले जानकारी दिनुभये ।विगतमा लालपुर्जासँग भोटको राजनीति गर्न चाहेकोले भुमिहिनले जग्गा पाउन नसकेको बताउँदै मन्त्री श्रेष्ठले अब पनि लालपुर्जासँग अब पनि कसैले भोंटको राजनीति गर्न खोजे प्रतिवाद गर्न आग्रह गर्नुभयो । निर्वाचनको आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने भन्दै उहाँले यो नियमित प्रक्रिया भएको र जिल्ला भुमि आयोगले जहिले पनि दिन सक्ने उल्लेख गर्नुभयो । कसैलाई दया माया गर्न नभई संविधानमा लेखिएका अधिकार दिनुपर्ने जिम्मेवारी अनुरूप आफूहरूले यो काम गरेको उहाँले बताउनुभयो । ‘यो अधिकार दिने राज्यको कर्तब्य हो हिजो नै हुनुपर्ने तर हुन सकेन । हिजोको सरकारले गर्न सकेन । हामी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छौं उहाँले भन्नुभयो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादव, राष्ट्रिय भुमी आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका, राष्ट्रिय भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव लगायतकाले मन्तव्य व्यक्त गरेका गिए । अग्निसाईर कृष्णासवरन गाउँपालिकाका कार्यक्रम अधिकृत योगेन्द्र प्रसाद यादव र राष्ट्रिय भुमी आयोग सप्तरीका विज्ञ सदस्य पंचदेव चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia