राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ मा बुधबार विहान एक जना पुरुषको शव फेला परेको छ । तिलाठी कोईलाडी गाउँपालिकाको भन्सार चौक देखि रमपुरा मल्हनियाँ जाने बाटोको दाहिने तर्फ कुनौली जानेबाटोमा नाम थर बतन नखुलको अन्दाजी ४५ बर्षीय पहाडी मुलको पुरुष मतृक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका पश्चात प्रहरीको टोलि घटनास्थलमा गई शवको जाँच मुचुल्का गरी मृतकलाई पोस्टमार्टमको लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।









