राजविराज । प्रेस चौतारी नेपाल सप्तरी शाखाको शनिबार बसेको बैठकले अध्यक्ष पदको जिम्मेवारी कार्यसमिति उपाध्यक्ष डम्बर राईलाई हस्तान्तरण गरेको छ ।प्रेस चौतारी नेपाल सप्तरी शाखाको सातौ जिल्ला अधिबेशनबाट निर्बाचित अध्यक्ष खगेन्द्र कार्की प्रेस चौतारी नेपालको नबौ केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्बाचित भएपछि रिक्त रहेको जिल्ला अध्यक्ष पदमा बैठकको निणर्यबाट उपाध्यक्ष डम्बर राईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

उक्त बैठकको निर्णय अनुसार शाखाका दुइ सह–सचिव मधेस प्रदेश कमिटी मा निर्बाचित भइ रिक्त रहेको सह सचिब पदमा कार्य समितिका सदस्य उत्सब आचर्यलाई सह सचिबको जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्ष डम्बर राईको अध्यक्षतामा बसेको जिल्ला कमिटीको बैठक मा नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देबकोटा, नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य बसन्त मिश्र, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की, प्रेस चौतारी मधेस प्रदेश कमिटीका महिला उपाध्यक्ष अर्चना परियार, सदस्य पिन्टुकुमार यादव सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia