- दिलिप कुमार साह

राजविराज । सशस्त्र प्रहरीका असई सत्या नारायण यादव हत्या प्रकरणमा एक जना सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ओखलढुङ्गा घर भएका सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण हेडक्वार्टर सप्तरीमा दरबन्दी भइ बोर्डर आउट पोस्ट (बिओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्री रहेका छन् ।

उनको नाममा किटानि जाहिरी परेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो । उहाँलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासत कक्षमा राखिएको प्रवक्ता सिंहले बताए ।नेपाल–भारत सीमाभन्दा करिब तीन किलोमिटर दक्षिणमा पर्ने सिमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह नदिमा मृत फेला परेको थियो । थप जानकारी पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्न सक्ने प्रवक्ता सिंहले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia