- दिलिप कुमार साह

राजविराज । सप्तरीको राजविराजमा आज नमूना मतदान गर्ने अभ्यास गरिएको छ ।मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन र भयरहित भएर सम्पुर्ण मतदाताहरुले मतदान गर्न पाउने उदेश्यले सहयोगी समाजको आयोजनामा नमूना मतदान अभ्यास गरेका हुन्।

विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत राजविराजमा कार्यक्रम गरिएको यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले जानकारी दिए। उनले भने बदर मत कम गर्न र मतदानको महत्वलाजई प्रभावकारी ढंगले बुझाउन प्रशिक्षणसँगै ‘नमूना मतदान अभ्यास गराएको र सहभागीलाई गाउँघरमा सचेतना फैलाउन निर्देशन दिइएको बताए । आयोजित सो कार्यक्रममा नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन, मतपत्र पट्याउन र मतपेटिकामा मत खसाल्न सिकाइएको थियो ।

प्रत्येक मतदाताले चार ओटा मतपत्रमा आफूले रुचाएको उम्मेदवार र दललाई मत हाल्न सिकेको सहभागी खडक नगरपालिका ६ की नन्दनी चौधरीले बताए । प्रतिनिधि सभा र प्रदेश सभाको छुटाछुट्टै मतपत्र र समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको छुटाछुट्टै मतपत्र गरी चारओटा मतपत्रमा मतदान गर्नुपर्ने संयोजक शेरचनले जानकारी दिए । सहजकर्ता सविन बुढाथोकीले प्रतिनिधिसभा र प्रदेशसभाको गठन, मतदानको महत्व, मनोनयन, मतदान र मतगणना प्रकृया, सदर र बदर मतका बारेमा प्रशिक्षण दिनुभयो । प्रशिक्षणपश्चात प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान अभ्यास गरिएको छ । नमूना मतदानमा सहभागी ४० जनामध्ये प्रतिनिधि र प्रदेश तर्फ ३ जनाको बदर भएको र समानुपातिकमा सतप्रतिशत सदर भएको स्थानीय परिचालक रोशन चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia