राजविराज । तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष विश्वनाथ साहले तेली समुदायले हरेक क्षेत्रमा कदम बढाउनु पर्ने बताएका छन् ।साह सेवा सदन सप्तरीको सभाहलमा बुधबार दिपावली र छठ पर्वको शुभकामना अदान प्रत्रान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्ने जातिगत सगठनहरु एक भएर अगाडि बढन आग्रह समेत गरे ।

तेली कल्याण समाज वारा जिल्लाका अध्यक्ष बजरंगी साहले तेली समुदायहरुले हरेक तह तप्कामा पुगेकोले अब तेली समुदायलाई माथि उकासने समय आएको बताए ।कार्यक्रममा तेली कल्याण समाज सप्तरीका अध्यक्ष अमृत लाल साह, साह सेवा सदन सप्तरीका अध्यक्ष दुर्गा प्रसाद साह र साह युवा समिति सप्तरीका अध्यक्ष शुशील कुमार साहले कन्द्रीय अध्यक्ष विश्वनाथ साह र वारा जिल्ला अध्यक्ष बजरंगी साहलाई दोसल्ला ओढाई सम्मान गरेका छन् ।उक्त कार्यक्रममा तेली कल्याण समाजका उपाध्यक्ष राम किसुन साह, सचिव योगेन्द्र प्रसाद साह, साह सेवा सदन सप्तरीका पूर्व अध्यक्ष रामचन्द्र साह, महिला संघका अध्यक्ष प्रमिला साह, साह युवा समितिका उपाध्यक्ष दिलिप कुमार साह र कोषाध्यक्ष सत्य नारायण साह सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia