- दिलिप कुमार साह

भन्सार छलेर लुकाइछिपाई ल्याएको २ लाख पैतालिस हजार मुल्यको समान जिल्ला प्रहरी सप्तरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले सोमबार जिल्लाका विभिन्न स्थानबाट सो मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद भएका पटकाजन्य विष्फोटक पदार्थ नागिन पटका, फुलझरी, छुरछुरी, आलु बम, रकेट, चक्र र आकाशे बम जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा नष्ट गरेको प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो । प्रहरीका अनुसार भारतीय सीमा क्षेत्रमा खटिएको प्रहरी टोलीले फेला पार्नुका साथै विशेष सुराकका आधारमा ती सामान बरामद भएको हो । सप्तरीको छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, अग्नीसाईर कृष्णसबरण गाउपालिका सहितको स्थानबाट अबैद्य रुपमा ल्याइएको विष्फोटक पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia