राजविराज । सप्तरी प्रहरीले भंसार छली चोरी निकासी तथा पैठारीका अबैद्य सरसमान सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैया सडक खण्डमा बीआर ५० डबलु ४५४६ नम्बरको मोटरसाईकलमा मदिरा लोड गरी नेपालबाट भारत तर्फ लगर्दै अवस्थामा पक्राउ गरेको हो ।
मदिरा लोड गरी लगर्दै गरेको अवस्थामा फेला पारी चेक जाँच गर्दा भारतको विहार राज्य मधुवनी जिल्ला करियौत ग्राम पञ्चायत वस्ने विरेन्द्र मण्डलको २१ बर्षीय छोरा नितेश कुमार मण्डललाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।मण्डललाई नियन्त्रणमा लिई गोल्डेन ओके नामक मदिरा ३ कार्टुन र किङ्ग फिक्सर नामक १ कार्टुन र मोटरसाईकल सहित २ लाख ३७ हजार ५ सय मुल्य बराबरको अबैद्य सरसमान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।बरामद गरिएको सरसमान र मानिसलाई आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको प्रहरीले जनाएको छ ।










