- दिलिप कुमार साह

राजविराज।भन्सार छली चोरी निकासी तथा पैठारीका अबैद्य सरसमानहरु सप्तरी प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बलान विहुला गाउपालिका वडा नम्बर २ मा भारतबाट भंसार छली ल्याई रहेको एलसीडी ६ थान, सादा मोबाईल ८ थान, सुतीको साडी २० थान, डोरी ८ किलो र खिलौनाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्दाजी ६१ हजार बराबरको सरसमानहरु प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी सप्तरीको प्रमुख प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia