राजविराज । पत्रकार अवधेश कुमार झालाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरी गम्भीर नभएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पुस १ गते दोषीलाई कारबाही गर्न माग गर्दै ४८ घण्टे अल्टिमेटम दिँदा पनि उक्त समयभित्र कुनै प्रक्रिया अगाडी नबढदा आन्दोनलको कार्यक्रम अघि सारेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव राम नारायण विश्वासको संयुक्त हस्तारक्षमा जारी गरिएको विज्ञप्तिमा पहिलो चरणमा पुस १२ गतेसम्म गर्ने संघर्षको कार्यक्रम सार्वजनकि गरेको छ ।विज्ञप्तिमा भनिएको छ– पुस ५ गते पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र हातमा कालो पट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीको औपचारिक कार्यक्रम पुस ६ गतेदेखि १२ गतेसम्म बहिष्कार गर्ने, सप्तरी प्रहरीका प्रमुख सहभागी भएको सबै कार्यक्रम पुस ७ गतेदेखि १२ गतेसम्म बहिष्कार गर्ने, पुस ८ गते सुर्खेतमा अयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको माग सहित व्यानर प्रर्दशन गर्ने र पुस ज्ञद्द गतेसम्ममा माग प्रति स्थानीय प्रहरी प्रशासन गम्भिर नभए दोश्रो चरणको आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेकाले गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आइडीबाट ज्यानमार्ने धम्की दिएका थिए ।








