trusted online casino malaysia
trusted online casino malaysia

तेली कल्याण समाज नेपाल माेरङ्ग र नापी पेशाकर्मी समाज माेरङ्गकाे संयुक्त आयाेजनामा अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गर्ने भएकाे छ । हालै लाेक सेवा आयाेगमा अनमी, सर्वेक्षक तथा नापी अधिकृतका पदहरुमा आवेदन खुलेकाे छ ।

साे पदमा आवेदन दिन गर्न चाहने तेली समुदायका उम्मेदवारहरुलाई तयारी कक्षाले आयाेगकाे परिक्षामा सफल सहयाेगी हुने विश्वास लिएकाे छ । तयारी कक्षामा नापी अधिकृत प्रविण प्रताप साह मुख्य प्रशिक्षक रहने तेली कल्याण समाज नेपाल माेरङ्ग जिल्ला अध्यक्ष डा. बालकृष्ण साहले बताए । उक्त तयारी कक्षा माघ २ गते देखि बिराटनगरकाे तिनपैनी स्थित काेशी कलेज अफ हेल्थ साईन्समा रहने कार्यक्रम संयाेजक तथा तेली कल्याण समाज माेरङ्गका काेषाध्यक्ष राेहित कुमार साहले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia