राजविराज। जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा बुधबार गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौं अधिवेशन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले गैरसरकारी संस्थालाई स्थानीय स्तरमा सशक्त र उत्तरदायित्व बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

उनले भने– गैससहरुले समाजलाई परिवर्तन गर्ने शक्तिको रुपमा अगाडी आएको छ । समग्र समृद्धि र विकास सुशासन गैससलाई कायम गर्नु पर्नेमा जोड दिनु पर्छ भन्दै समाजलाई दिगोपना बनाउने सामाजिक उत्तरदात्विमा खर्चे गर्ने कार्यक्रम नागरिक संस्था मार्फत संचालन गर्नु पर्ने आवश्यक देखिन्छ । नागरिक सकारात्मक सोचमा बदलाब ल्याउन राष्ट्रको गौरवको विषय बनाउनु पर्ने जरुरी रहेको छ । कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको गैसस महासंघ महासचिव अर्जुन भटटराईले बताए । कर छुटको नवीकरण गर्न बाध्यता छैन, नागरिक संस्थाहरुलाई भ्याटमा पनि जानु पर्दैन, पानमै संचालन गर्न सकिन्छ उनले बताए । नागरिकको क्षमता विकासको लागि गैरसरकारी महासंघलाई सशक्त बनाउनु जारी रहेको महासचिव भट्टराईले बताए ।









