चन्द्रमासमा आधारित चिनियाँ नयाँ वर्ष आज (आइतबार) बाट सुरू भएकाे छ ।चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व २ हप्तासम्म मनाउने गर्दछन् । कोरोनाका कारण पछिल्ला ३ वटा नयाँ वर्ष मनाउन नपाएका चिनियाँहरुले यस पटक धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड र मंगोलियासहित दक्षिण पूर्वीएशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ । विश्वभर डेढ अर्ब भन्दा बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ ।करिब १ अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले नयाँ वर्षको अवसरमा करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन हुने भएको छ ।नयाँ वर्षको स्वागतका लागि चीन लगायतका देशहरुमा सडक महोत्सवहरु समेत भइरहेका छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
ढाका– बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दमन गर्ने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै त्यहाँको अदालतले तत...
केदारनाथमा हेलिकप्टर दुर्घटना हुदा सात जनाको मृत्यु (नामवली सहित)
भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
नासाको मिसन फेरी रोकियो, सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै ढिलाइ
काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी...
भारतको जीडीपी ६.२ प्रतिशतले बढ्यो
भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) को तेस्रो त्रैमासिकमा ६.२ प्रतिशतको ...








