चन्द्रमासमा आधारित चिनियाँ नयाँ वर्ष आज (आइतबार) बाट सुरू भएकाे छ ।चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व २ हप्तासम्म मनाउने गर्दछन् । कोरोनाका कारण पछिल्ला ३ वटा नयाँ वर्ष मनाउन नपाएका चिनियाँहरुले यस पटक धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड र मंगोलियासहित दक्षिण पूर्वीएशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ । विश्वभर डेढ अर्ब भन्दा बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ ।करिब १ अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले नयाँ वर्षको अवसरमा करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन हुने भएको छ ।नयाँ वर्षको स्वागतका लागि चीन लगायतका देशहरुमा सडक महोत्सवहरु समेत भइरहेका छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
टर्कीमा बिहान गएको भूकम्पबाट १४३ जनाकाे मृत्यु
टर्कीमा साेमबार बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या निरन्तर रूपमा बढिरहेको ...
इरानमा विस्फोट
इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेन...
यस्तो छ फेसबुकका फलोअर्स घट्नुको कारण
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । बु...
हास्यकलाकार राजु श्रीवास्तावको निधन
काठमाडौं । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमे...
चीनको प्रतिस्पर्धामा नेपाली चिया
नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि ...
दक्षिण पश्चिम चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु
सिचुआन / चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युड...