काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनकी आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन्। हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन् । अस्पतालको जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीका अनुसार सांसदसमेत रहेका नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । यस्तै, डा. भण्डारी र आमा हरिकला दुवै जनाको श्वासनलीमा तातो हावा र धुवांका कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा. नकर्मीले जानकारी दिइन् । उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाक...
आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आ...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयो...
दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा
सुनसरीको दुहवी नगरपालिकामा १५ सैयाको दुहवी नगर आधारभूत अस्पताल आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। दुहवी नगरपालिका...








