काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला गम्भीर घाईते हुनुभएको थियो । दुबैजनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकला भण्डारीको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । सांसद भण्डारीको भने उपचार जारी छ। उहाँलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । ग्यास बिस्फोटका कारण सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमा हरिकलाको ७० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जजाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...
इटहरीमा ‘सीप तथा रोजगार मेला’ सुरु
इटहरी — युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्यका साथ इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८...








