सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने बताए ।

मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीसँग पनि छलफल गरेको शर्माले बताए । ‘केन्द्रको गठबन्धन अनुसार नै कर्णाली सरकारलाई नयाँ दिशा दिनुपर्ने आवश्यकता छ,’ शर्माले भने, ‘मैले आज बिहान मात्रै जीवनबहादुर शाही जीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ ।’ पुस १० को सहमति अनुसार कर्णालीमा अहिले पनि एमाले–माओवादी गठबन्धनको सरकार छ । गत साता मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा एमालेले शर्माको पक्षमा भोट हालेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia