- रबिन्द्र यादव

नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल गुठी परसौनी द्वारा १ लाख ६० हजार बराबरको कुखुरा शनिबार नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल गुठी परसौनीले प्रतापपुर गाउपालिका वडा नं ३ अमहवामा अबैध रुपमा लुकाइ राखेको अवस्थामा कुखुराहरु बरामद गरेको थियो ।

सशस्त्र प्रहरी निरिक्षक संतोष सापकोटाको नेतृत्वमा गएको गस्ती टोलीले ५ क्विन्टल कुखुरा बरामद गरेको हो । भारतबाट अबैध रूपमा ल्याएको उक्त कुखुराहरुलाई सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्टटाईन, पत्रकार, स्थानीय लगाएतका रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरले जनाएको हो । खुल्ला सिमा नाकाको फाइदा उठाउदै कुखुरा तस्करहरूले खुलेयाम तस्करी गरिरहेको जन गुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर गण नं २६ का एसपी धिरेन्द्रराज न्यौपानेले आफ्ना मातहतका सम्पुर्ण बि ओ पी र कमाण्ड पोष्टलाई तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिइएको सशस्त्र प्रहरी स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia