पाकिस्तानको संसद भवनमा जङ्गली जनावर प्रवेश गरी विभिन्न कार्यालय कोठामा तोडफोड गरी क्षति पुर्याएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा जङ्गली जनावर संसद भवनको कार्यालयमा प्रवेश गरेको देख्न सकिन्छ । संसद भवनभित्र भारतीय सिभेट बिरालो पसेपछि कर्मचारी पनि डराउँछन् ।
संसद भवनका कर्मचारीले यो जनावर अत्यन्त खतरनाक भएको र संसदका कैयौं कार्यालयमा क्षति पुर्याएको बताए । यद्यपी संसदमा प्रवेश गरेको जङ्गली जनावरलाई प्रहरी कर्मचारीले समातेर वन्यजन्तु विभागलाई बुझाएका छन् ।
पाकिस्तानी संचारमाध्यमका अनुसार हिजो पनि संसद भवनमा जङ्गली जनावर प्रवेश गरेको थियो । आज फेरि संसद भवनमा जङ्गली जनावर पसेको घटना सार्वजनिक भएको हो ।








