एजेन्सी । लण्डनमा जगन्नाथ मन्दिर बन्दैछ । यसबीच मन्दिर निर्माणका लागि भारतीय मूलका एक अर्बपतिले ४ अर्ब दान दिएको खबर बाहिर आएको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार भारु २५० करोड रुपैयाँ दान गर्ने व्यापारीको नाम विश्वनाथ पटनायक हो । आउनुहोस् जानौं, को हुन् विश्वनाथ पटनायक ? भारतीय मूलका व्यापारी विश्वनाथ ओडिशाका बासिन्दा हुन् । विश्वनाथले जगन्नाथ मन्दिर निर्माणका लागि काम गरिरहेको बेलायती परोपकारी संस्थालाई सो दान दिए ।उनले मन्दिर निर्माणका लागि २५० करोड रुपैयाँ दान दिन लागेका हुन् । जानकारी अनुसार पटनायक फिननेस्ट नामक कम्पनीका संस्थापक एवं अध्यक्ष हुन् । पटनायकको कम्पनीले नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन, हाइड्रोजन लोकोमोटिभ र अन्य क्षेत्रमा लगानी गर्दछ । विश्वनाथ पटनायक पहिले बैंकर थिए ।

त्यसपछि उनले आफ्नो कम्पनी सुरु गरे । अध्ययनको कुरा गर्दा पटनायकसँग एमबीए, एलएलबी र बीए अर्थशास्त्रको डिग्री छ । पटनायक सन् २००९ मा बैंकिङको जागिर छोडेर व्यापारिक दुनियाँमा प्रवेश गरेका थिए ।उनको कम्पनीले दुबईमा नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन, स्वास्थ्य सेवादेखि सुन प्रशोधन केन्द्र र बुलियन व्यापारमा लगानी गरेको छ । बुलियन व्यापार एक त्यस्तो बजार हो, जहाँ सुन र चाँदी जस्ता बहुमूल्य धातुहरूमा लगानी गरिन्छ ।पटनायकले हालै ओडिशामा लगानी गर्न लागेको खबर पनि आएको थियो । पटनायकले ईभी–हाइड्रोजन ट्रक र भारी सवारीका लागि प्लान्ट स्थापना गर्न भारु ५०० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको समाचार आएको थियो । विश्वनाथ पटनायकले युनेस्कोलाई पनि दान गरेका छन् । उनले बालिकाको शिक्षाका लागि पनि धेरै परोपकारी संस्थालाई सहयोग दिँदै आएका छन् ।

जगन्नाथ मन्दिर, लण्डन
लण्डनमा निर्माण हुन लागेको जगन्नाथ मन्दिरको पहिलो चरण आगामी वर्षको अन्त्यसम्म निर्माण हुने विश्वास गरिएको छ । बेलायतको श्री जगन्नाथ सोसाइटी (युके) ले गत अप्रिल २३ मा उक्त दान भारत बाहेकका कुनै पनि देशका मन्दिरलाई दिएको सबैभन्दा ठूलो भएको बतायो ।अक्षय तृतीयाको दिन आयोजित मन्दिरको एक कार्यक्रममा पटनायकले जगन्नाथ मन्दिर निर्माणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । जानकारी अनुसार लण्डनको श्री जगन्नाथ मन्दिरका लागि करिब १५ एकड जमिन किनिएको छ ।त्यसका लागि विश्वनाथ पटनायकले दिएको २५० करोड रुपैयाँबाट ७० करोड रुपैयाँ छुट्याएको हो । मन्दिर निर्माणका लागि जग्गाको पनि पहिचान भइसकेको छ । जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia