काठमाडाैं । अहिले सामाजिक सञ्जालमा नर्सहरुमाथि भइरहेको गालीगलौजप्रति गिभिना मगरले दु:ख व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेकी छन् । आफूले भावनामा बहकिएर ड्युटीमा रहेका नर्सहरूसँगको विवादको भिडिओ पोस्ट गरेकोमा गिभिनाले माफी मागेकी छन् । गिभिनाले भनेकी छन्, ‘नर्संहरूको आत्मसम्मानमा चोट पुगेको छ, तर मेरो त्यस्तो उद्देश्य थिएन । मान्छेबाटै गल्ती हुन्छ । म क्षमाप्रार्थी छु । आगामी दिनमा कसैले पनि नर्सहरूमाथि नकारात्मक गाली नगर्नुहोस् ।गत वैशाख २८ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएको भन्दै उनले प्रशासनको अनुमति नलिई नर्सहरूसँग अस्पतालमा भएको विवादको भिडीओ खिचेर टिकटकमा पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा गिभिनाले सहानुभूति पाइरहदा प्रशासनको अनुमति बिना भिडीओ खिचेर हालेको भन्दै नर्सहरूले प्रदर्शनसमेत गरेका थिए ।विवादमा सामिल नर्स विष्णु बोहोरा भने आफूले त्यसबेला गिभिनालाई सम्झाउन खोजेको तर उनी नमानेको बताउछिन् । आफूले ठूलो स्वर गरेको भिडीओ मात्र सामाजिक सञ्जालमा पोस्ट गरेर विवाद श्रीजना भएको उनको भनाइ छ । आफूले त्यसबेला ठूलो स्वर गरेको स्वीकार्दै बोहोराले आफ्नो बोलीको कारणले बिरामीहरुमा पर्न गएको असरप्रति माफ मागिन् । अन्तत: गिभिना मगर र नर्सहरूबीच उत्पन्न विवाद सुल्झिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia