इटहरी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताउनुभयो । बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताउनुभयो । उहाँका जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् । पशु विकास अधिकृत बाबुराम बस्नेतका अनुसार बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण देखिएको छ र केही भैँसीमा पनि लक्षण देखिएको बताउनुभयो । पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिनु, गिर्खा आउनु, घाउजस्तो भएर पिप बग्नु, उच्च ज्वरो आउनु लम्पीस्किन रोगका लक्षण भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशुसेवा अधिकृत डा अजय शाहको भनाइ छ । मोरङको १७ वटै पालिकामा सङ्क्रमण फैलिएको र जसमध्ये लेटाङका धेरै पशुमा रोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।रोगी पशुको उपचार खोप मात्रै भएको भन्दै उहाँले हाल धेरै पालिकामार्फत खोप उपलब्ध गराउन थालिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...








