धरान । सुनसरीकाे धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले काठमाण्डाै महानगरका मेयर बाेलेन्द्र शाहलाई एउटा मुद्धा लाग्दैमा आफुलाई कमजाेर नठान्न आग्रह गरेका छन ।काठमाडौं महानगरभित्र सञ्चालित सिनेमा हलहरूमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि हलवालाहरूले बालेन्द्रविरुद्ध मुद्दा हालेका थिए । जसअन्तर्गत आइतबार (हिजो) मात्र सर्वाेच्च अदालतले उनलाई तारेख दिएको छ। आइतबार सामाजिक सञ्जालमा तारेख पर्चा सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूलाई ‘अपराधी’ बनाइएको भन्दै सामाजिक सञ्जालमा गुनासाे पाेखेका थिए ।

सर्वोच्चको तारेख बुझ्दै बालेन्द्रले भने- प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ । सोही सन्दर्भमा धरानका मेयर हर्कले त्यस्ता मुद्दा त आफूलाई धेरैवटा लागेको उल्लेख गर्दै नहच्किन बालेन्द्रलाई आग्रह गरेका हुन्। ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनुहुन्न। त्यस्ता जाबा मुद्दा त हप्तामा २/३ वटा लाइरन्छ मलाई त’, हर्कले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् । शाह र साम्पाङ दुवै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित मेयर हुन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia