१० फागुण काठमाडौं । नेपाली गीत संगितको बजारमा छोटो समयमै धेरै उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शक र श्रोताको प्रिया बन्न सफल बन्धन म्युजिक ले फेरी अर्को प्रस्तुती सार्वजनिक गरेको छ । शशी लामिछानेको प्रस्तुती रहेको पहिलो एलबम कोशीसमा समाबेश मैले हेर्ने तिम्रा आँखाले बोलको गीत बजारमा आएको हो ।
शशी लामिछानेको शब्द रहेको उक्त गीतमा संगीत भरेका छन चर्चित संगितकार नेत्र बन्धन केसिले । मैले हेर्ने तिम्रा आँखाले बोलको गीतमा गायक प्रमोद खरेलको रहेको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन ।
नायिका निता ढुंगाना,प्रदीप बास्तोला र नेत्र बन्धनको अभिनय रहेको उक्त गीतको भिडियोलाई जीवन सेन्चुरिले निर्देशन गरेका छन । रमेशवर हुमागाईले भिडियोमा क्यामेराको प्रयोग गरेका छन र सम्पादन जीवन सेन्चुरिले गरेका छन । गीतमा माया गर्ने जोडीको कथालाई प्रस्तुत गरिएको छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस्









